काठमाडौँ: अर्थमन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई उत्तेजित गराउने तथा गिराउने प्रवृति निरुत्साहित गर्न धितोपत्र बोर्डलाई निर्देशन दिएका छन् ।

 

नेपाल धितोपत्र बोर्डको २७ औं वार्षिकोत्सव समारोहका अवसरमा अर्थमन्त्री खतिवडाले शेयरबजारलाई नै प्रभावित पार्ने गरि हुने क्रियाकलापको नियमनमा चनाखो बन्न बोर्डलाई निर्देशन दिएक हुन् ।

 

धितोपत्र बोर्ड लगायतका नियामक निकायको ऐन संशोधन भैरहेको बताउँदै खतिवडाले नियामक निकाय कतैबाट प्रभावित हुनु नहुने जिकिर गरे। उनले भने ‘यसका लागि कानुनी रुपमै संरक्षण गर्नु पर्छ। बोर्डको संरचना पनि स्वार्थ बाझिने भयो भने कुनै पनि नियामक निकायले काम गर्दोरहेनछ। यो अनुभवले देखाएको कुरा हो। त्यसो भएकाले धितोपत्र बोर्डलाई अझ व्यवसायिक र प्रभावकारी निकायको रुपमा अगाडी बढाउनु पर्छ।‘

 

उनले नियामक निकायले कानुनको परिपालना गराउन सक्ने क्षमता र कानुनको परिपालना गर्ने क्रममा दण्डहिनताको अवस्था आउन नदिने सुनिश्चितता हुनुपर्ने बताए।उनले दोहोरो अंकको आर्थिक वृद्धिको बाटोमा मुलुक रहेको बताउँदै पाँच वर्षमा १० प्रतिशत आर्थिक वृद्धिदर पुर्याउन खर्बौ लगानी आवश्यक पर्ने बताए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version