काठमाडौँ: रुपन्देहीको देवदहमा एक युवकको हत्या भएको छ। देवदह नगरपालिका ८, विशालनगरका २८ वर्षीय सुमन थापाको शनिबार राति हत्या भएको प्रहरीले जनाएको हो।

 

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले अज्ञात समूहको कुटपिटबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए।

 

मल्लका अनुसार, बेहोस अवस्थामा फेला परेका उनको निधार र छातीमा निलडाम भेटिएको थियो। थापाको मृत्युपछि प्रहरीले हत्यामा संलग्न भएको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

 

पक्राउ पर्नेहरूमा देवदहकै लक्ष्मण थारु, रमेश थारु, सुवास क्षेत्री र रुपन्देही तिलोत्तमाका रेखबहादुर महतो र हिरा महतो रहेको प्रहरीले जनाएको छ।

 

पक्राउ पर्नेहरू ट्रयाक्टर चालक र लेबर काम गर्दै आएका मजदूर रहेको बताइएको छ। यसअघि टिपर चालक रहेका मृतक थापा हाल माइक्रो बसका चालक रहेको स्थानीयले बताएका छन्।

 

थापाको हत्या के कारणले भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान सुरू गरेको जनाएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version