काठमाडौं: प्रधानसेनापति पूर्णचन्द्र थापा चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा आगामी असार १ गतेदेखि ७ गतेसम्म चीन भ्रमणमा जाने भएका छन्।
छिमेकी मुलुक चीनको साताव्यापी भ्रमणका लागि प्रधानसेनापति थापा असार पहिलोसाता त्यसतर्फ प्रस्थान गर्नुहुने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।
असार १ देखि ७ गतेसम्मको उक्त भ्रमणका क्रममा प्रधानसेनापति थापा छेन्दुहुँदै बेइजिङ पुगेर आफ्ना समकक्षीसँग आपसी हित र चासोको विषयमा विचार विमर्श गर्नु हुनेछ ।
Facebook Comments Box
