काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हजयात्रीका लागि हवाई टिकट खरीद गर्ने क्रममा अनियमिता गरेको भन्दै हज कार्यसम्पादन उपसमितिका पदाधिकारी तथा ट्राभल एण्ड टुर्सका सञ्चालक विरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

 

 

हज समितिको सचिवालयले २०७४ जेठ ११ मा प्रकाशित सार्वजनिक सूचनाअनुसार रीतपूर्वक दर्ता हुन आएका बोलपत्रमध्ये कम अङ्कमा कबोल गर्नेलाई पाखालगाई बढी अङ्क पेश गर्नेसँग घुस लिई स्वीकृति दिएको भन्दै अख्तियारले उनीहरु विरुद्द आरोपपत्र दायर गरेको हो ।

 

अख्तियारले हज कार्यसम्पादन उपसमितिका अध्यक्ष मोहम्मद शोऐब, उपसमितिका सदस्य अताबुल अन्सारी, मोहम्मद ईब्राहिम राइन, महमद जबारदिन मियाँ, जमिला मियाँ, मोमिना वानु मुस्लिम, मजिबुल शेष, हजसमिति सचिवालयका सदस्यसचिव भीमराज पोखरेल, लेखापाल तीलकराज पन्त र हिना ट्राभल्स एण्ड टुर्स प्रालिका सञ्चालक दाउद हुसैनविरुद्ध जनही ३८ लाख बिगो माग दाबी गर्दै आरोपत्र दायर गरेको छ ।

 

ट्राभल्सले पेश गरेको बोलपत्र जमानतवापतको रु ३८ लाख जफत गर्नुपर्नेमा बोलपत्र जमानत तथा कार्यसम्पादन जमानतसमेत फुकुवा गरेर उनीहरुले मिलेमतोमा गैरकानूनी निर्णय कार्यान्वयन गरेर सार्वजनिक सम्पत्तिको हिनामिना र भ्रष्टाचारजन्य कार्य गरेको पुष्टि भएको आयोगले जनाएको छ ।

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version