काठमाडौँ: नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमवारदेखि बुधवारसम्म स्थिर रहेर ६२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापवाला सुनको मूल्य आज एक सय रुपैयाँले बढेर ६२ हजार ४०० रुपैयाँमा कारोबार भएको छ।

 

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि १०० रुपैयाँले बढेर ६२ हजार १०० रुपैयाँमा कारोबार भएको छ। महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५३ हजार ५०० रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५३ हजार २४५ रुपैयाँ कायम गरेको
छ।

 

आज चाँदीको मूल्य भने स्थिर रहेर ७१५ रुपैयाँमा कारोबार भएको छ। महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६१३ रुपैयाँ कायम गरेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version