काठमाडौँ: सरकारले सार्वजनिक यातायातको भाडा १२ प्रतिशत वृद्धि गरेको छ ।
यातायात व्यवस्था विभागका सूचना अधिकृत तिर्थ राज खनालका अनुसार यायायात व्यवसायी, उपभोक्ताकर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी दुरीका आधारमा १० देखि १२ प्रतिशत भाडादर समायोजन गरिएको हो ।
मेकानिकल पार्टस्, सवारी साधनको मूल्य, श्रमको दर, इन्धनमा भएको मूल्यवृद्धिलगायतका कारण भाडादर वृद्धि गरिएको बताइएको छ ।
समायोजन गरिएको नयाँ भाडादर असार एक गतेदेखि लागू हुने उनले बताए । उनले भने- कुन रूटमा कति भाडा बढ्यो र कति कायम भयो भन्ने छिटै सार्बजनिक गर्छौ ।
यातायात व्यवसायी डोलनाथ खनालले सरकारले १२ प्रतिशत भाडा बढाएको सकारात्मक भएको बताए । यधपी, नयाँ भाडा दर बैज्ञानिक नभएको बताउदै उनले भने सरकारले कम्तिमा २० प्रतिशत बढाउनु पर्ने बताए ।
उपभोक्ताकर्मी माधव तिमल्सिनाले सरकारले यातायात व्यवसायीको दबाबमा १२ प्रतिशत भाडा बढाएको आरोप लगाए ।
बजेटपछि सबै बस्तुको मूल्य बढेको मार खेपीरहेका उपभोक्तालाई यातायातको भाडा बढाएर अझ बढी मार पारेको बढाए ।
