काठमाडौँ: उडानयोग्य जहाज थन्क्याएर अर्बौँ घाटा निम्त्याउने नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।

 

मन्त्रालयले खरेललाई बिहीबार चारबुँदे स्पष्टीकरण सोधेको हो ।

 

सचिवस्तरीय निर्णय गर्दै मन्त्रालयले खरेललाई सोधेको छ, ‘तपाईं कार्यकारी प्रमुख भएर आएपछि निगममा के गर्नुभयो ? निगमलाई आर्थिक रूपमा सक्षम बनाउन के कार्ययोजना बनाउनुभयो ? पाइलट तथा जनशक्तिको व्यवस्थापनमा के गर्नुभयो र उड्डयन क्षेत्रमा निगमको बजार हिस्सा बढाउन के गर्नुभयो ?’

 

आन्तरिक उडानका जहाज पार्किङमै थन्किनु, निगमको आर्थिक अवस्था धराशयी हुँदा पनि व्यवस्थापनले कुनै चासो नदेखाउनु गम्भीर विषय भएकाले मन्त्रालयले खरेलसँग जवाफ मागेको मन्त्रालय स्रोतले जनायो ।

 

यो समाचार आजको नयाँ पत्रिका दैनिकमा विस्तृतमा पढ्न सक्नुहुन्छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version