सुर्खेत: रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–५ मा भएको जिप दुर्घटनामा सात जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य चार घाइते भएका छन् ।

सदरमुकाम रुकुमकोटबाट लुकुमगाड जाँदै गरेको लु १ ज २५७३ नंको जिप सिस्ने–धौलापैरा सडकखण्डमा दुर्घटना हुँदा जिपमा सवार तीन महिला र चार पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोटका ३१ वर्षीय बुद्धिराज पुन, ३५ वर्षीय कुमार पुन, २२ वर्षीय किरण पुन, वडा नं १२ का २८ वर्षीया तिर्सना तुलाचन, वडा नं १४ का ३० वर्षीया छालना बर्मा, भूमे गाउँपालिका–४ का २८ वर्षीय अर्जुन विक र बाँके कोहलपुरका २२ वर्षीया ललिता परियार रहेका छन् ।

दुर्घटनामा परी रुकुम पश्चिम मुसिकोट नगरपालिका–१२ का ५२ वर्षीय जयवीर कामी, पुथा उत्तरगंगा गाउँपालिका–११ का २५ वर्षीया प्रमिला बुढामगर, मैकोटका २७ वर्षीय धनिराम पुन र २७ वर्षीया सम्झना पुनमगर घाइते भएको प्रनाउ श्रेष्ठले जानकारी दिनुभयो ।

घाइतेलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ लगिएको छ । जिप सडकबाट करिब १०० मिटर तल खसेको छ । चिप्लो बाटो र इञ्जिनको खराबीका कारण दुर्घटना भएको हुनसक्ने बताइएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version