काठमाडौँ: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जनप्रतिनिधिहरुले गुठी विधेयक फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

 

प्रस्तावित गुठी विधेयकलाई लिएर आन्दोलन चर्किएपछि प्रधानमन्त्री ओलीले सोमबार नेकपासम्वद्ध उपत्यकाका जनप्रतिनिधि, पार्टी अध्यक्षहरुलाई बोलाएर छलफल गरेका थिए ।

 

प्रधानमन्त्री ओलीले भने मन्त्रिपरिषदबाट आवश्यक निर्णय लिने बचन दिएका छन् ।उनले भने, ‘यसबारे क्याबिनेटबाट आवश्यक निर्णय लिन्छु ।’

 

गत बैशाख १६ गते भुमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मकुमारी अर्यालले राज गुठी, निजी गुठी र सार्वजनिक गुठीलाई व्यवस्थित गर्न विद्यमान गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक–२०७५ राष्ट्रिय सभामा दर्ता गरेकी थिइन् ।

 

यो विधेयक राष्ट्रिय सभामा दर्ता भएसँगै चौतफी विरोध र आलोचनासँगै आन्दोलन सुरु भएको थियो ।

 

काठमाडौ उपत्यका लगायत उपत्यका बाहिरका जिल्लामा समेत विरोध चर्कन थालेपछि सत्तारुढ दलका सांसदहरुले विधेयक सच्चाउनुपर्ने भन्दै सरकारलाई दबाब दिन सुरु गरेका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version