एजेन्सी: चीनमा शक्तिशाली भूकम्प गएको छ । सिचुआन प्रान्तमा गएको शक्तिशाली भूकम्पमा परि १२ जनाको ज्यान गएको भने १२५ जना घाइते भएका छन् ।

 

सोमबार राति ११ः५५ मा गएको ६ म्याग्नीच्यूडको भूकम्पका कारण कयांै मानिसहरु घरबारबिहीन भएको सञ्चार माध्यम सीएनएले जनाएको छ ।

 

प्रान्तीय राजधानी छङ्दुमा भूकम्प आउनुभन्दा एक मिनेटअघि चेतावनी जारी गरिएको थियो । चेतावनीको काउन्टडाउन सकिनेबित्तिकै भूकम्पको झड्का अनुभव गरिएको यिबिनका अधिकारीहरुले बताएका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version