काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली बोल्न कार्यक्रम निश्चित भइसकेको अवस्थामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले युरोप भ्रमणसहितका विषयमा संसदलाइ जानकारी गराउने कार्यक्रम थियो।

 

सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसदहरूलाइ बारम्बार आफ्नो सिटमा बस्न आग्रह गरेका थिए।

 

सभामुखको रूलिंग बाबजुद प्रमुख प्रतिपक्षी सांसदहरूले नारा लगाउन नछोडेपछि सभामुख महराले बुधबार बिहान ११ बजे बस्नेगरी प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version