काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले माइतीघर मण्डला साँच्चै माइतीघर भएको टिप्पणी गरेका छन् । ‘मलाई घरमा यसो गरे भने जस्तो गरेर माइतीघर गए झै जे पनि पनि माइतीघरमा विरोध हुन थालेको उनले बताए ।

 

मंगलबार संसदमा सम्बोधन गर्न खोज्दा अवरोध भएपछि पत्रकार सम्मेलन गरेका प्रधानमन्त्री ओलीले यदि कुनै कुरा चित्त बुझेको छैन भने छलफलमा आउन आग्रह गरे । ‘विधेयकमा छलफल गर्न संसद छ ।

 

संसदमा छलफल गर्न सकिन्छ, सरोकारबालाहरुको राय सुझाव दिन सकिन्छ, हामीलाई भन्न सक्छन्’ उनले भने, माइतीघर त साच्चैको माइतीघर भएछ । यताउता केही पर्‍यो कि घुर्रर कुदेर जाने । मलाई घरमा यसो गरे भने जस्तो गरेर माइतीघर ।’

 

अनवतरण आन्दोलन आवश्यक नभएको भन्दै उनले सम्वादबाट समाधान खोज्न आग्रह गरे । आन्दोलनबाटै आएको नेतृत्व रहेको भन्दै प्रधानमन्त्री ओलीले भने, यतिबेला आन्दोलन गरिरहनु पर्दैन । जसका असन्तुष्टि छन्, आउनुस् । बसौं । छलफल गरौं । देशलाई फाइदा हुने, देश अगाडि बढ्ने काम गरौं ।’

 

आवेश उत्तेजना फैलाएर आफ्नो दुनो सोझाउन खोज्नेहरु रहेको उनले समेत हुन जनतालाई आग्रह गरे । प्रधानमन्त्री ओलीले दलहरुलाई पनि पटकपटक जनताको अधिकार दरबारमा बुझाइएको इतिहास नदोर्‍याउन आग्रह गरेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version