काठमाडौं: सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले शुक्रबार व्यक्तिगत स्वतन्त्रतालाई हनन गर्न नभई सामाजिक सञ्जाललाई व्यवस्थित गर्न सूचना प्रविधि विधेयक ल्याइएको उनले प्रष्टीकरण दिएका थिए।

 

 

आज बिहान संसदको विकास तथा प्रविधिमा सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल चलेको थियो ।

 

 

छलफलका क्रममा केही सांसदले व्यक्तिगत स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने मनसायले सरकारले सूचना प्रविधिसम्बन्धी विधेयक ल्याएको आरोप लगाए ।

 

 

जवाफमा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले सामाजिक सञ्जालमा पोष्ट भएको एउटा स्क्रिनसर्ट देखाए ।

 

‘मलाई भन्न अप्ठेरो लाग्छ, पढ्न अप्ठ्यारो लाग्छ’ भन्दै बास्कोटाले स्क्रिनसर्टमा लेखिएको क्याप्सन पढेर सुनाए । ‘के भन्नुहुन्छ ? हाम्रो सभ्यता र हाम्रो स्वतन्त्रता यही हो ? नजानेको व्यक्तिले यो भाषा लेख्या होइन । यस्ता दशौं छन् मसंग । देउवाजीको बारेमा पनि छ’ बास्कोटाले थपे ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version