काठमाडौं: क्युटिस केयरले सेतो दुबी सम्वन्धि जनचेतना मूलक कार्यक्रम गर्ने भएको छ ।

 

 

यही असार १० गते मध्य बानेश्वरस्थित क्युटिज केयरले बरिष्ठ छाला रोग विशेषज्ञ प्रा. डा. धर्मेन्द्र कर्णसँग सेतो दुबी बारे जनचेतना जगाउन कार्यक्रम गर्ने भएको हो ।

 

 

सेतो दुबी छालामा देखिने एक प्रकारको बिकार भएको र यसको उपचार सम्भव रहेको डा. कर्ण बताउँछन् ।

 

सेतो दुबीको उपचार हुन्छ भन्ने नै थाहा नहुँदा धेरै मानिसले यतिकै रोग पालेर बसेको उदाहरण हाम्रो सामाजमा धेरै छ । त्यसैले पनि जनचेतना जगाउने प्रयास गरिएको  डा कर्णले बताए ।

 

सेतो दागको रूपमा देखिने उक्त दुबीलाई चिकित्सकीय भाषामा ल्युकोडर्मा भनिन्छ । बाहिरी प्रभावका कारण छालामा पर्न सक्ने असरबाट जोगाउँछ मद्दत गर्ने मिलेनोसाइट नामको कोषिकाले मिलेनिन पिगमेन्ट उत्पादन गर्ने गर्छ ।

 

विभिन्न कारणले उक्त कोषिका नष्ट भएमा छालामा सेतो दाग देखिन्छ । अथवा, छालामा रङ बनाउने कोषिका नष्ट हुनु नै सेतो दुबी हुनु हो । बेलैमा उपचार थाल्ने हो भने यो रोग निको हुन्छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version