काठमाडौँ: काठमाडौं महानगरपालिकाले आर्थिक बर्ष २०७६/०७७ का लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपैयाँको बजेट ल्याएको छ।

 

महानगरपालिकाले भौतिक पूर्वाधार विकास कार्यक्रम आफ्नै स्रोतबाट ४ अर्ब ३१ करोड ३५ लाख,संघीय तथा प्रदेश सरकारबाट सशर्त अनुदान १ अर्ब १५ लाख गरि जम्मा ५ अर्ब ३१ करोड ५० लाख रुपैया अनुमानित खर्चको सीमा निर्धारण गरेको छ। यो कुल बजेटको ४९.१२ प्रतिशत हो। महानगरपालिकाले सबैभन्दा बढी बजेट पूर्वाधार विकासका लागि छुट्याएको छ।

 

सामाजिक विकास कार्यक्रम शीर्षकमा २७ करोड ६ लाख ९० हजार ,संघीय तथा प्रदेश सरकारबाट सशर्त अनुदान१ अर्ब २५ करोड ९ लाख रुपैयाँ गरि १ अर्ब ५२ करोड ५० लाख ९० हजार रुपैयाको सीमा तोकेको छ। जुन कुल बजेटको १४.०६ प्रतिशत हो।शिक्षामा आन्तरिक स्रोतबाट ३० करोड ८८ लाख ५४ हजार,संघीय तथा प्रदेश सरकारबाट १ अर्ब ४ करोड २ लाख ४६ हजार रुपैयाँ गरि कुल १ अर्ब ३४ करोड ९० लाख ५० हजार रुपैयाँ सिमा निर्धारण गरेको छ । यो बजेटको १२.४७ प्रतिशत हो ।

 

सम्पदा पर्यटन प्रवर्द्धन कार्यक्रमका लागि ६७ करोड ६९ लाख ९५ हजार रुपैयाँ रहेको छ। यो ६.६२ प्रतिशत हो। हनुमानढोका दरबार क्षेत्र संरक्षणका लागि ५४ करोड ६९ लाख६७ हजार रुपैयाँ छुट्याईएको छ।

 

वातावरण तथा उद्यान व्यवस्थापन कार्यक्रमका लागि ३१ करोड ८५ लाख ४५ हजार,शहरी योजना सम्वन्धी कार्यक्रमका लागि २९ करोड ३५ लाख१५ हजार,सार्वजनिक निजी साझेदारी कार्यक्रमका लागि १६ करोड ८१ लाख,सूचना तथा संचार सेवाका लागि १६ करोड ३९ लाख,जनस्वास्थ्यका लागि १२ करोड ३४ लाख ८२ हजार,विपद व्यवस्थापनमा ७ करोड ३० लाख, अन्तर्राष्ट्रिय सम्वन्ध प्रवर्द्धनका लागि ६ करोड ५९ लाख, कृषि र पशुसेवा शीर्षकमा ६ करोड २९ लाख ७ हजार,प्रधानमन्त्री रोजगार कार्यक्रम ५ करोड ४ लाख ७७ हजार, राजश्व परिचालन तथा वित्त व्यवस्थापन३ करोड ३५ लाख,शहरी सुव्यवस्थाका लागि ३ करोड,सहकारी व्यवस्थापन १ करोड ४० लाख,शहरी विकास सेवा कार्यक्रमका लागि १ करोड २५ लाख रुपैयाको सीमा निर्धारण गरेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version