पोखरा: पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि ७ अर्ब ५४ लाखको बजेट सार्वजनिक गरेको छ ।

 

मंगलबार पाँचौ नगरसभामा उपप्रमुख मञ्जुदेवी गुरुङले गत वर्षभन्दा करिब करोड बढीको बजेट प्रस्तुत गरेकी हुन् । चालु आर्थिक वर्षमा महानगरले साढे ६ अर्बको बजेट ल्याएको थियो ।

 

महानगरले संघीय सरकारबाट ३ अर्ब ३३ करोड ७८ लाख, प्रदेशबाट ४७ करोड ९६ लाख र आन्तरिक आयबाट २ अर्ब ५० करोड २९ लाख रुपैयाँ अनुमान गरेको छ । कुल बजेट विनियोजनमा अपुग हुन जाने रकम वैदेशिक अनुदान तथा ऋणबाट १० करोड र जनसहभागिताबाट ३६ करोड ५० लाख व्यहोर्ने महानगरको योजना छ । महानगरको नगद मौज्दात २२ करोड रुपैयाँ छ । महानगरले पूर्वाधार विकासलाई जोड दिँदै कुल बजेटको ३६ प्रतिशत छुट्याएको छ । सामाजिक विकासका लागि १० प्रतिशत बजेट विनियोजन भएको छ ।

 

उपप्रमुख मञ्जुदेवी गुरुङले प्रस्तुत गरेको बजेटमा नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदानतर्फ ६० करोड २ लाख छ । सशर्त अनुदानतर्फ १ अर्ब १७ करोड २७ लाख छ । विशेष अनुदानतर्फ १५ करोड, समपुरक अनुदानतर्फ १७ करोड र राजस्व बाँडफाँडबापत ४१ करोड ९९ लाख प्राप्त हुने बजेटमा उपमेयर गुरुङले बजेट वक्तव्यमार्फत जानकारी दिइन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version