काठमाडौँ: निजी अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवामा असुल गरिने मूल्य अभिवृद्धि कर र स्वास्थ्य सेवा कर सरकारले खारेज गरेको छ । उक्त खारेजीको निर्णयलाई निजी अस्पतालहरुको साझा संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्सिच्युेसन नेपाल (अफिन)ले स्वागत गरेको छ।

अफिनका अध्यक्ष तथा नर्भिक इन्टरनेशनल अस्पतालका सञ्चालक वसन्त चौधरीले लामो समयदेखि आफूले गरिरहेको मागको बल्ल सम्बोधन भएको भन्दै खुशी प्रकट गरे । उनले भने, ‘अफिनले धेरैअघिदेखि यो माग चर्को रुपमा उठाउँदै आएको थियो । सरकारको यो निर्णयबाट हामी खुशी छौं।’ निजी क्षेत्रबाट अस्पताल सञ्चालन गरिरहेकाहरुलाई यो उत्साहपूर्ण निर्णय रहेको पनि उनले बताए।

स्वास्थ्य सेवामा भ्याट १३ प्रतिशत अथवा स्वास्थ्य सेवा कर ५ प्रतिशत लिइदै आएको थियो । सरकारको यो निर्णयसँगै धेरै अस्पतालमा बिरामीले तिर्दै आइरहेको १३ वा ५ प्रतिशत अतिरिक्त रकम हटेको छ । यसअनुसार स्वास्थ्य सेवा अझ सस्तो भएको छ।

यसबाहेक सय सैय्या भन्दा बढीका अस्पतालमा एकीकृत स्वास्थ्य कार्यक्रम लागु गर्ने र अनिवार्य रुपमा जेडियाट्रिक वार्ड छुट्याउनुपर्ने निर्णयको अफिनले स्वागत गरेको छ । अध्यक्ष चौधरीले भने, ‘सरकारले लिएका यी नीतिबाट हामी उत्साहित छौं । आगामी दिनमा सरकारसँग हातेमालो गरी अघि हामी अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौं।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version