काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेको छ।

 

यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए ।

 

देशभरका सात प्रदेशमा एक हजार नौ सय ७९ वटा केन्द्रमा लिइएको परीक्षाको परीक्षाफल बिहीबार अपरान्ह प्रकाशित भएको हो।

 

कुल चार लाख ४९ हजार विद्यार्थी परीक्षामा सामेल भएकोमा ५० जना विद्यार्थीको पूरै विषयको परीक्षा रद्द भएको छ।

 

यस वर्षको परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने १७ हजार ५ सय ८० जना, ३.२ देखि ३.६ जीपीएसम्म ल्याउने ५१ हजार १ सय ३७ जना, २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ६३ हजार ७ सय ४१ जना, २ देखि २.४ जीपीएसम्म ९८ हजार २ सय ७ जना रहेका छन् ।त्यस्तै १.६ देखि २ जीपीएसम्म ल्याउने ९५ हजार ३ सय ७ जना, १.२ जीपीएदेखि १.६ जीपीएसम्म ल्याउने परीक्षर्थीको संख्या ४३ हजार ८ सय ४१ जना रहेका छन् ।

 

परीक्षाफलमा चित्त नबुझी पुनर्याेग गर्नुवरेमा प्रति विषय ५ सय रुपैयाँ तिरेर नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिन सकिने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।

 

परीक्षाफल हेर्न नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी आवश्यक निर्देशनअनुसार सुन्न सकिन्छ। वेबसाइट goe.gov.np मा पनि हेर्न सकिन्छ। परीक्षाफल चित्त नबुझे नजिता प्रकाशन भएको मितिले १५ दिनभित्र शुल्क तिरेर हेर्न सकिन्छ।

 

यसबाहेक १६०० मा डायल गरेर प्राप्त निर्देशन अनुसारको जानकारी भरेर पनि नतिजा थाहा पाउन सकिनेछ। यस्तै see.ntc.net.np मा गएर पनि नतिजा हेर्न सकिनेछ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version