काठमाडौँ: देशभर ६४ दशमलब ०८ प्रतिशत खेतमा धान रोपाई भएको छ । कृषि, भुमि ब्यबस्थापन तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म ९ लाख ९४ हजार ७८९ हेक्टर जमिनमा रोपाई भएको जनाएको छ ।

नेपालमा १५ लाख ५२ हजार ४६९ हेक्टर जमिनमा धन खेति हुनेगरेको छ ।

समयमा देशभर राम्रो वर्षा भएको यो वर्ष गत वर्षको भन्दा राम्रो रोपाई भएको मन्त्रालयका सह प्रबक्ता शंकर सापकोटाले बताए ।
उनले भने- देशभर रोपाई राम्रैसंगै चलिरहेको छ । सोमबार सम्म ६४ प्रतिशत भन्दा बढी रोपाई भएको छ जुन धरै राम्रो हो । यो वर्ष ९८ प्रतिशत रोपाई हुने अनुमान गरिएको छ ।

गत वर्ष ९५ प्रतिशत रोपाई भएपनि तराईमा आएको बाढीले धरै जमिनमा लगाईएको धान नस्ट भएको थियो ।
सबै ठाउँमा राम्रो वर्षा भएको र रोपाईं पनि समयमा भएकोले गतबर्षहरुको भन्दा राम्रो धान उत्पादन हुने अपेक्षा गरेको उनले बताए।

“धरै जमिनमा आकाशे पानी भरपर्नु पर्ने भएकोले गर्दा अब हुने मौसम तथा वर्षाले कतिको साथ दिन्छ त्यसमा धान उत्पादन भर पर्छ ” ।

उच्च पहाडमा ६३ दशमलब ९५ प्रतिशत ( ३७ हजार 189 हेक्टर), मध्य पहाडमा ६६ दशमलब ९९ प्रतिशत ( दुई लाख ६७ हजर ७२९ हेक्टर) र तराईमा ६३ दशमलब ०२ प्रतिशत ( ६ लाख ८९ हजार ८७१ हेक्टर) जमिनमा रोपाई भैसकेको मन्त्रालयले जनाएको छ ।

उच्च पहाडमा ५८ हजार १५८ हेक्टर, मध्य पहाडमा तिन लाख ९९ हजार ६७५ हेक्टर र तराईमा १० लाख ९४ हजार ६३६ हेक्टर जमिन धन खेतियोग्य छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version