काठमाडाैं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बिहीबार साँझ भेटवार्ता भएको छ ।

 

 

ललितपुरको समिट होटलमा भएको भेटवार्तामा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने विषयमा छलफल भएको देउवाले बैठकपछी जानकारी दिए ।

 

 

केही दिन अघि बसेको नेकपाको सचिवालय बैठकमापनि संक्रमणकालिन मुद्दा टुंगाउनेबारे छलफल भएको थियो ।

 

सोही अनुसार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज देउवासँग भेटवार्ता गरेका हुन् ।

 

भेटमा शान्ति प्रक्रियाका वाँकी कामलाई टुंगोमा पुर्याउन उच्चस्तरीय राजनीतिक समझदारीका साथ अघि बढने कुरामा सकारात्मक छलफल भएको स्रोतले बतायो ।

 

प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बुधबार भएको छलफल अनुसार काँग्रेस सभापति देउवासँग प्रचण्डको छलफल भएको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version