काठमाडौँ: नेपाली सेनाका ५ जना सेनानी महासेनानीमा बढुवा सिफारिस भएका छन् । गत सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो ।

 

 

बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकको ५ जना सेनानीलाई महासेनानी पदमा बढुवा गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

 

सेनानी प्रज्वल शमसेर रायमाझीसहितका ५ जनालाई महासेनानीमा बढुवा गरिएको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटादे बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version