काठमाडौँ: सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशकमा राजन पोखरेललाई नियुक्त गरेको छ। विहीबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले रिक्त स्थानमा प्राधिकरणकै उपमहानिर्देशक पोखरेललाई नियुक्त गरेको हो।

 

प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतमको चार वर्षे पदावधि गत जेठ १४ गते सकिएपछि यो पद रिक्त थियो।

 

प्राधिकरणमै वरिष्ठ उपमहानिर्देशक रहेको पोखरेल यसअघि निमित्त महानिर्देशक थिए।तीन दशकदेखि उड्डयन पेशामा आवद्ध पोखरेले तत्कालिन हवाइ सेवा विभागबाट सेवा प्रवेश गरेका थिए। यसअघि उनी उपमहानिर्देशक हुँदा सेफ्टी प्रमुखको जिम्मेवारिमा थिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version