काठमाडौं : मानो रोपेर मुरी फलाउने किसानको महोत्सव धानबाली रोपाइँलाई यस वर्ष न प्रकृतिले साथ दियो, न त सरकारी अनुदानित मलले। यस वर्ष किसान सरकार र प्रकृृति दुवैबाट ठगिन बाध्य भए।

 

करिब १० दिन ढिलो गरी सुरु भएको मनसुनी वर्षा सबै क्षेत्रमा एकै रूपले सक्रिय हुन सकेन। कुनै स्थानमा थोर बहुत परेको छ। कुनै स्थानमा मनसुनी पानी नपरेर धानको ब्याडसमेत किसानले राख्न पाएका छैनन्। यसले अघिल्लो वर्षको तुलनामा देशभर धान रोपाइँ प्रभावित भएको छ।

 

मनसुनी वर्षा सबैतिर सक्रिय नहुँदा अघिल्लो वर्षको यही अवधिको तुलनामा करिब ५ प्रतिशतले यस वर्ष कम रोपाइँ भएको छ। ढिलो गरि शुरु भएको मनसुन पनि राम्ररी सक्रिय नहुँदा यो वर्ष धान उत्पादन कम हुने कृषि तथा पशुपन्छी मन्त्रालयका कर्मचारीले बताए ।

 

यो वर्ष ५ देखि १० प्रतिशत धान उत्पादन कमि हुने जनाइएको छ । गत वर्ष ५६ लाख १० हजार टन धान उत्पादन भएको थियो ।

 

देशको कुल जीडीपीमा ठुलो हिस्सा रहेको धनको उत्पादनमा कमि आउँदा समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्ने प्राय निश्चित छ । कृषि क्षेत्रको जीडीपीमा लगभग २७ दशमलब ५ प्रतिशत रहेकोमा धानको मात्रै २० प्रतिशत रहेको छ ।

नेपालको कुल धानखेती हुने क्षेत्रफल १५ लाख हेक्टरमध्ये करिब २५ प्रतिशतमा मात्रै १२ महिना सिँचाइ सुविधा उपलब्ध छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version