काठमाडौँ: कुनै छोरी पनि कस्ता हुने । आफ्नै आमालाई मार्नको लागि सुपारी दिई भारतीय हतियारधारी लगाई आफ्नै आमालाई मार्न लगाएको रहस्य सोमबार पर्दाफास भएको छ । घटना असार १५ गते चाँगुनारायण नगरपालिका-७ बाँसबारीको हो ।
यस्तो छ हत्या योजना र अभियुक्तहरु ।
सावित्री भट्टराईको हत्यामा संलग्न अभियुक्तहरु पक्राउ ।
मृतकको विवरण
नाम: सावित्री भट्टराई
उमेर ६१
ठेगाना जिल्ला सिन्धुपाल्चोक बाडेगाउँ गा।वि।स(५ हाल ईन्द्रावती गाउँपालिका(५
पेशा गृहिणी
घटनास्थल: जिल्ला भक्तपुर चाँगुनाराण नगरपालिका वडा (७ बाँसवारीस्थित छोरी ईश्वरी भट्टराईको घरमा
घटनाको संक्षिप्त विवरण:
मिति २०७६/०३/१५ गते जिल्ला सिन्धुपाल्चोक बाडेगाउँ गा।वि।स ५ हाल ईन्द्रावती गाउँपालिका ५ स्थायी घर भई हाल चाँगुनारायण नपा -७ वाँसवारी स्थित ईश्वरी भट्टाराईको घरको भुईतलामा वर्ष ६१ की सावित्री भट्टराईको घाँटी रेटी हत्या गरेको ।
मृतककी छोरी ईश्वरी भट्टराई र जिल्ला सिराह विष्णूपुर गा।वि।स(१ हाल भक्तपुर पुरानो ठिमी बस्ने मोहम्मद नौसाद बिचको सम्बन्धका बारेमा मृतक साबित्री भट्टराईलाई थाहा भएपछी उक्त कुरा बाहिर आउँछ भन्ने डरले मृतककी छोरी ईश्वरी भट्टराईले आफ्नो प्रेमी मोहम्मद नौसादसँग सल्लाह गरी आमालाई मार्न रु।१२ लाखको सुपारी दिने सहमती भएपछी मोहम्मद नौसाद र अर्जुन कुमार भन्ने भोला कुमारले सल्लाह गरि भारतबाट मोहम्मद रहिशलाई नेपाल बोलाई हत्या गरेको ।
