काठमाडौँ: सरकारको चालु आर्थिक वर्षको अन्त्यसम्ममा सबै स्थानीय तहमा बाणिज्यबैंकको शाखा पुराउने लक्ष्य पुरा नहुने भएको छ ।

 

७५३ स्थानीय तहमध्ये २०७६ बैशाखसम्म ७२५ तहहरुमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् भने अझै २८ स्थानीय तहमा बैंक शाखा पुग्न बाँकि रहेको छ ।

 

प्रदेश १ को १३७ स्थानीय तहमध्ये १३४ स्थानीय तहमा बैंकको शाखा विस्तार भएको छ भने प्रदेश २ को १३६ मध्ये १३४ स्थानीय तहमा र प्रदेश ३को ११९ मध्ये ११७ स्थानीय तहामा बैंक शाखा विस्तार भएको छ ।

 

त्यसैगरी, गण्डकी प्रदेशको ८५ मध्ये ८३ स्थानीय तहमा, प्रदेश ५ को सबै १०९ स्थानीय तहमा, कर्णाली प्रदेशको ७९ मध्ये ६७ स्थानीय तहमा र सुदूर पश्चिमको ८८ मध्ये ८१ स्थानीय तहमा बाणिज्य बैंकको शाखा विस्तार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

 

यस बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७५ असार मसान्तमा १५१ रहेकोमा २०७६ बैशाख मसान्तमा १७६ पुगेको छ ।

 

यस अनुसार २०७६ बैशाख मसान्तमा २८ वाणिज्य बैंक, ३२ विकास बैंक, २४ वित्त कम्पनी, ९१ लघुवित्त वित्तीय संस्था र १ पूर्वधार विकास बैंक संचालनमा रहेका छन् ।

 

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७५ असार मसान्तमा ६६५१ रहेकोमा २०७६ बैशाख मसान्तमा ८३१९ पुगेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version