काठमाडौँ: नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले कृषि विकास बैंक लिमिटेडको किर्ते अग्रिम्म भुक्तानी जमानत (एडभान्स पेमेन्ट ग्यारेन्टी) बनाई पेश गरी बैंकलाई एक करोड १० भन्दाबढी हानिनोक्सानी गराउने कार्यमा संलग्न तीन जनालाई पक्राउ गरेको छ।

 

यस कार्यमा बैंककै तत्कालिन रत्नपार्क शाखामा शाखा अधिकृत पदमा कार्यरत छविलाल ढकाल र र M/S.M.K.-Y.P. J/V बबरमहल काठमाण्डौंका आधिकारिक प्रतिनिधीहरु रणधिर तुम्बा र देवजंग शाही समेतको मिलेमतोमा रहेको आरोपमा ब्युरोले उनीहरुलाई असार १५ गते विभिन्न स्थानबाट पक्राउ गरिएको, ब्युरोका प्रहरी उपरीक्षक दिपक रेग्मीले जानकारी दिए।

 

 

रणधिर तुम्बा र देवजंग शाही समेतको मिलेमतोमा बैंकलाई हानि नोकसानी पु-याउने बदनियत राखी १० जुन २०१६ मा BB 095/055/4912/15 को रु. ५५,५०,०००।– (अक्षेरुपी रु. पचपन्न लाख पचास हजार मात्र) र ४ नोभेम्बर २०१६ मा APG 095/0240/4270/16 को रु. ५५,५०,०००।– (अक्षेरुपी रु. पचपन्न लाख पचास हजार मात्र) का नक्कली APG (Advance Payment Guarantee) तयार गर्ने बैंकिङ कसुर कार्यमा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो

 

पक्राउ गरि उनीहरुलाई उच्च अदालत पाटनबाट ५ दिनको म्याद थप गरि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

पक्राउ परेका व्यक्तिको विवरण:-

 

१) टिका प्रसाद ढकालको छोरा जिल्ला झापा, महारानी झोडा वडा नं. ९ जि.भक्तपुर सुर्य विनायक. न. पा. वडा नं. २ बालकोट बस्ने कृषि विकास बैंक, कर्पोरेट बैंकिङ कार्यालयमा कर्यरत तत्कालिन शाखा अधिकृत (निलम्बित) बर्ष ५४ को छविलाल ढकाललाई भक्तपुरबाट पक्राउ गरिएको ।
२) खिर बहादुर तुम्बाको छोरा जिल्ला धनकुटा, साबिक अर्खाउली जितपुर गा.वि.स. वडा नं. ७ स्थाई वतन भई हाल ऐ. जिल्ला महालक्ष्मी ना. पा. वडा नं. ७ बस्ने M/S.M.K.-Y.P. J/V बबरमहल काठमाण्डौंका आधिकारिक प्रतिनिधी बर्ष ५३ को रणधिर तुम्बालाई सुनसरी, धरानबाट पक्राउ गरिएको ।
३) नया बहादुर शाहीको छोरा जिल्ला बाजुरा, साबिक गोत्री गा.वि.स. वडा नं. ४ स्थाई वतन भई हाल जिल्ला ललितपुर महालक्ष्मी ना. पा. वडा नं. २ बस्ने M/S.M.K.-Y.P. J/V बबरमहल काठमाण्डौंका आधिकारिक प्रतिनिधी बर्ष ३८ को देवजंग शाहीलाई ललितपुरबाट पक्राउ गरिएको ।
अनुसन्धानबाट थप खुल्न आएका कुराहरु :
• मिति २०७३/०३/०३ गते साविक जिल्ला प्राविधिक कार्यालय भोजपुर र M/S.M.K.-Y.P. J/V बबरमहल काठमाण्डौं बीच भोजपुर-टक्सार-कोट-गोगने-लेखर्क सड्क स्तरोनन्तीको रु. १२,५५,९७,७५४।- (बाह्र करोड पचपन्न लाख सन्तानब्बे हजार सात सय चौवन्न) मा ठेक्का सम्झौता हुँदा नक्कली जमानत पेश गरेको ।
• नक्कली Advance Payment Guarantee बैंकको कर्मचारी छविलाल ढकालले तयार गरि M/S.M.K.-Y.P. J/V बबरमहल काठमाण्डौंका आधिकारिक प्रतिनिधिहरुलाई दिएको ।
• उक्त बैंक Guarantee मार्फत पहिलो किस्ता रु ५५,३०,००० र दोस्रो किस्ता ५५,५०,००० गरि जम्मा १,१०,८०,०००(अक्षेरुपी एक करोड दश लाख असी हजार ) रकम साविक जिल्ला प्राविधिक कार्यालय भोजपुरबाट भुक्तानी लिइसकेको ।
• उक्त ठेक्काको म्याद ०७५/०३/१६ सम्म रहेकोमा हाल ठेक्का स्थगित भएको ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version