काठमाडौँ: युद्ध ग्रस्त लिबियाको त्रिपोलीमा बुधबार अपरान्ह एक नेपालीको गोलि लागि मृत्यु भएको समाचार आएको छ। मृत्यु हुनेमा सन्तोष श्रेष्ठ रहेको इजिप्टको कायरोस्थित चार्ज डी एफियर्स सुजन बिदारीले जानकारी दिएका छन् ।
लिबियामा रहेको आप्रबासी संगठन (आइओएम) सो घटनाको पुष्टी गरेको हो। घटना पूर्वी लिबियाको राजधानी त्रिपोलीको ताजौरा बन्दि गृह केन्द्रमा भएको हो।
घटना अन्य थुप्रै आप्रबासीहरुको मृत्यु भएको समाचार छ। यस्तै, कायरोको नेपाल कार्यालय बुधबार नै अन्य ८ नेपाली नागरिकलाई
टर्की हुँदै नेपाल ५ बजे पठाइएको जनाएको छ। दुई दिन अघिमात्रै लिबियाको आइओएमले मृतक श्रेष्ठको ट्राभल डकुमेन्ट मागेको थियो।
दुई महिना अघि मात्रै २६ आप्रबासी नेपालीहरुको उद्धार गरिएको थियो। ८ जनाको उद्धार भएसंगै अव यसरी उद्धार हुने नेपालीको संख्या ३४ पुगेको छ।
रोजगारीको शिलशिलामा उनीहरु इटाली छिर्ने उद्देश्य दलालहरुले उनीहरुलाई त्यहाँ पुर्याएका थिए
