काठमाडौँ: ‘प्रधानमन्त्रीज्यू, मेरो स्कुटरकोपछाडि बसेर वनस्थली जाऊँ, अनि थाहा हुन्छ, काठमाडौँमा मास्क लगाउनुपर्छ कि पर्दैन’, प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बिहीबारको बैठकमा नेपाली कांग्रेस सांसद रंगमती शाहीले भनिन्, ‘अनि थाहा हुन्छ, काठमाडौँको अवस्था कस्तो छ भनेर ।’

 

 

सांसद शाहीले प्रधानमन्त्री केपी ओलीले आफू प्रधानमन्त्री भएपछि काठमाडौँमा मास्क लगाउनुपर्ने बाध्यता हटेको भनी दिएको अभिव्यक्तिप्रति व्यंग्य गरेकी हुन् ।

 

 

उनले थपिन्, ‘एसी लगाएको गाडीको कालो सिसाबाट हेरेर काठमाडौँमा मास्क लगाउनुपर्दैन भनेर हुँदैन । प्रधामन्त्रीज्यू मेरो स्कुटीको पछाडि बस्नुस् । म स्कुटी चलाउँछु, तपाईं मास्क नलगाई सिंहदरबारबाट वनस्थली पुग्न सक्नुहुन्छ कि हुँदैन, अनि थाहा हुन्छ यहाँको वास्तविकता ।’ यो समाचार आजको नागरिक दैनिकमा ईश्वरी सुवेदीले लेखेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version