काठमाडौँ: भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षणमा कडाई गर्ने नीतिबाट सरकार पछि हटेको छ ।
भारतीय दूतावासले लिखित पत्र नै पठाएर दबाव दिएपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६ महिनाका लागि यो नीति स्थगित गरेको बताइएको छ ।
विषादी परीक्षण विना फलफूल र तरकारी आयात गर्न नदिने यसअघिको निर्णय १३ दिनमै उल्ट्याउँदै मन्त्रिपरिषदको बैठकले विना परीक्षण त्यस्ता वस्तुको पैठारीको बाटो खोलिदिएको हो।
तयारी विना नै निर्णय गर्दा कार्यान्वयनमा समस्या भएकाले तत्काललाई साविकअनुसार नै फलफूल तथा तरकारी आयातको बाटो खोलिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका कर्मचारीले बताए ।
Facebook Comments Box
