काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले क्वारेन्टाइनको उचित व्यवस्थापनपछि भारतबाट आउने तरकारीमा विषादी परीक्षण गरिने दावी गरेका छन्।

 

संसदीय दलको शनिबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कतै–कसैको दबाबका आधारमा विषादी जाँचपासबाट सरकार पछि नहटेको बताए।

 

प्रधानमन्त्री ओलीले भने, ‘मन्त्रालयहरुबाट हाम्रो पर्याप्त तयारीबिना यस्तो भयो। त्यस कारण अलिकति समस्या पर्‍यो। हाललाई यसलाई छोड्नु पर्‍यो र हामीले क्वारेन्टाइनहरु सुदृढ गर्नु पर्‍यो, क्वारेन्टाइन विकास गर्नु पर्‍यो अनि यसलाई लागू गर्नु पर्‍यो भनेर हाम्रा मन्त्रालयहरुबाट प्रस्ताव आएपछि त्यसलाई हामीले सदर गर्‍यौं हालका निम्ति।’

 

प्रधानमन्त्री ओलीले सीमामा विषादी जाँचपासको व्यवस्था भएपछि यो प्रक्रिया सुरु हुने बताए। ‘त्यसलाई जाँच्न सक्ने अवस्था हामी विकास गर्दै छौं। त्यतापट्टि सरकारको ध्यान छ। त्यो सरकारको ध्यान छ भन्ने कुरा यसमा प्रकट भयो। तर ध्यान अलिकति एक स्टेप फरवार्ड भएछ। अलि बढी छिटो भयो।’

 

प्रधानमन्त्री ओलीले सरकारले जनताले शुद्ध र विष रहित खानेकुरा खान पाउन् भन्ने सरकारको चाहना भएको बताए।

 

‘विषादीयूक्त चिज खानु हुँदैन। त्यो हामीले नै भनेको हो। अहिले जान्ने धेरै निस्किए। त्यो हामीले नै भन्यौं। अनि सबैको ध्यान गयो,’ उनले भने, ‘नेपाललाई हामी अर्गानिक बनाउन चाहन्छौं। खाने कुरा शुद्ध होस्। हाम्रो भान्सामा विष नपुगोस्। त्यो हाम्रो आकांक्षा हो। र,यसलाई हामी पूरा गर्छौं।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version