काठमाडौैं: सरकारले नेकपा विप्लव समूहको हिंसाबारे प्रमुख प्रतिपक्षको धारणा माग गरेको छ । हिंसा गर्ने विप्लव समूह र हिंसा नगर भन्ने सरकारलाई एउटै नजरले हेर्ने हो भने कांग्रेस बेलैमा स्पस्ट हुनुपर्ने सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोलुक बास्कोटाले बताए ।

 

 

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले भने, ‘हिंसाबारे कांग्रेसको धारणा के ? बन्द हुनुपर्छ वा विप्लवजीहरुले गरेको हिंसा बैध हो ?’

 

 

उनले अघगाडि भने ‘कांग्रेसले हिंसा र निषेधको राजनीतिलाई एउटै घानमा मुछ्ने हो भने दिनभरि वीपी, रातभरि विप्लव हो ?’

 

 

भोजपुरमा प्रहरी मारिएको स्मरण गर्दै मन्त्री बास्कोटाले हिंसा आतंकलाई प्रोत्साहित गर्दै जाँदा कहाँ पुगिन्छ भन्ने विगतलाई सम्झिन कांग्रेसलाई आग्रह गरे । हिंसाको साहारा लिएर सरकारलाई घेराबन्दी गर्छु भन्ने नसोच्न कांग्रेसलाई सचेत गराए ।

 

 

सशस्त्र द्वन्द्वकालमा माओवादीले कहिले दरबारका नाममा, कहिले कांग्रेस त कहिले एमालेका नाममा खेलेकै स्मरण गर्दै उनले अहिले विप्लवसमूहले पनि त्यही प्रयोग गर्न खोजेको बताए । उनले अघि भने, ‘१० वर्ष भयानक हिंसा हुँदा मुख्य मतियारहरु को थिए ? उहाँहरुको दृष्टिकोण पूरातत्व विभागबाट खोज्नुपर्ने भयो ।

 

सरकारका प्रवक्ता बास्कोटाले कुमार पौडेलको मृत्युका सन्दर्भमा संसदीय समिति बनाउन नसकिने बताए । समितिमा बस्नेहरुको पूर्व दृष्टिकोण हुने र समितिको प्रतिवेदन राजनीतिक प्रपोगाण्डा मात्र हुने उनको दाबी छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version