काठमाडौं: जारी विश्वकप क्रिकेटको दोश्रो सेमिफाइनल समीकरणमा आयोजक राष्ट्र इंग्ल्याण्ड अस्ट्रेलियालाई ८ विकेटले हराउंदै फाइनल प्रवेश गरेको छ।

 

शुक्रबार इंग्ल्याण्डको इजब्यास्टनमा भएको खेलमा अस्ट्रेलियालाई आयोजकले ३२.१ ओभरमै अलआउट गर्दै फाइनल भेट न्युजिल्याण्डसंग पक्का गरेको हो।

 

अस्ट्रेलियाले पेश गरेको २२४ रनको मध्यम स्कोर इंग्ल्याण्डले मात्र दुई विकेट गुमाएर १०७ बल बाँकी छँदै लक्ष भेटाएको हो। जीतका लागि इंग्ल्याण्डका लागि सर्वाधिक ८५ रनको योगदान जेसन रोयले गरेका थिए भने उता अस्ट्रेलियाका कप्तानको पनि ८५ रनको योगदान जितका लागि प्रयाप्त गन्न सकेन।

 

यो खेलसंग अब आयोजक राष्ट्र इन्ग्लांडलाई पहिलो पल्टा विश्वकप क्रिकेट ट्रफी आफ्नै घरमा राख्न सफल हुने नहुनेमा फाइनल खेलले तय गर्नेछ।

इंग्ल्याण्डका क्रिस ओक्स म्यान अफ दि म्याच घोषित भए।

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version