काठमाडौँ: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल एम्बुलेन्स सेवा (नास), विश्व स्वास्थ्य संगठन नेपाल, डेनिस रेड क्रस र युरोपियन युनियन मानवअधिकार निवारण र नागरिक संरक्षणले आज बिहिबार नेपालमा पूर्व अस्पताल हेरविचार विषयमा पहिलो राष्ट्रिय सम्मेलन आयोजना गरेको छ ।
सम्मेलनमा स्वास्थ्यकर्मी, डाक्टर, मेडिकल प्रतिनिधि र चिकित्सक लगायत कार्यक्रममा सहभागी छन् ।
घटना घटी अस्पताल आउनु पूर्व वातावरणको दृश्य मूल्यांकन गर्न बिरामीको प्रारम्भिक मूल्यांकन, जीवन जोखिम तथा आपातकालीन स्थितिमा उपयुक्त प्रारम्भिक कदमको साथै,रोगीको स्थानान्तरणमा उचित निगरानी उनीहरूको मेडिकल बेससँग राम्रो संचार कसरी गर्ने भनि कार्यक्रम आयोजित गरिएको थियो ।
यी चुनौतिहरूको सन्दर्भमा सम्बन्धित ज्ञान र कौशल बढाउने उद्देश्यको साथ पूर्व अस्पताल हेरचाह सम्मेलन दुईदिनसम्म चल्नेछ ।
सम्मेलनको मुख्य अतिथि स्वास्थ्य र जनसंख्या राज्य मन्त्री पदमाकुमारी अर्यालले उद्घाटन गरिन ।
क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लगायत आकस्मिक चिकित्सक, स्ट्यानफोर्ड विश्वविद्यालयका डा. एसवी महादेवन, नेपालका लागि डब्लुएचओ डब्लूएचइको फर नेपाल, नेपाल रेडक्रशका सहसचिव हरि प्रसाद न्यौपाने, तथा सम्बन्धित सरोकार वाला सरकारी निकाएका प्रतिनीधिहरुको सहभागिता रहेको थियो ।
नासका अध्यक्ष तथा नेपाल एम्बुलेंस सेवाका संस्थापकको रूपमा, मलाई नेपाल भरमा पूर्व अस्पताल हेरविचार सेवाको सख्त स्थितिको जानकारी रहेको छ । धेरै बिरामी र घाइतेहरू आकस्मिक उपचारको कमीले गर्दा र अस्पतालमा सुरक्षित यातायात व्यवस्था कमिले गर्दा समयमै उपचारबाट बञ्चित छन् ।
प्रशिक्षित कर्मचारीहरू र सुविधायुक्त एम्बुलेंसको कमीले धेरै व्यक्तिले ट्याक्सी वा चालक मात्र रहेको सामान्य एम्बुलेंस प्रयोग गर्न बाध्य छन् जसका कारण धेरै मानिसहरु सामान्य उपचार र हेरचाहको कमीले मुत्युसम्म पुग्ने अध्यक्ष राजभण्डारीले बताए ।
यसै अवसरमा स्टेनफोर्डका प्रमुख बक्ता डा. महादेवनले भने, ‘हाम्रो आपातकालीन स्थितिको समयमा प्रहरी र दमकल जस्तै, अस्पताल पूर्व हेरविचार पनि समान तथा महत्वपूर्ण हो र यो नागरिकको आधारभूत अधिकार पनि हो । हरेक देशले आफ्नो आधारभूत अधिकारको लागि काम गर्नुपर्छ’ ।
