काठमाडौँ: लगातारको वर्षासँगै उपत्यकाका नदी किनारमा बस्तीहरु डुवानमा पर्न थालेका छन् । कलंकी, कुलेश्वरलगायतका स्थानमा बाढी बस्तीमा पसेको छ भने हनुमन्ते खोलाको पानी पनि बस्तीतिर सोझिएको छ ।

 

तर अझै वर्षा रोकिने छाँटकाँट देखिएको छैन । जल तथा मौसम विज्ञान विभागकाअनुसार अझै दुई दिन पानी पर्छ । मौसमविद् समिर श्रेष्ठ भन्छन्, ‘अझ भोलि त आजको जस्तै लामो झरी पर्ने सम्भावना छ ।’

 

काठमाडौंमा एक सय १५ मिलिलिटर वर्षा परेको छ। बिहीबारदेखि शुक्रबार साँझसम्म निरन्तर वर्षा हुँदा काठमाडौं उपत्यकामा ३ जनाको मृत्यु भएको छ भने बागमती, विष्णुमति नदी कोरिडोर क्षेत्र डुवानमा परेका छन्।

 

जल तथा मौसम विज्ञान विभागले नदी तथा खोला आसपासका क्षेत्रमा सचेतना अपनाउन पनि आग्रह गरेको छ।

 

आइतबारसम्म वर्षा जारी रहने भएकोले नदी छेउ वस्ती भएका बासिन्दालाई सुरक्षित स्थानमा जान गृह मन्त्रालयले आग्रह गरेको छ।

 

विभागका अनुसार काठमाडौंमा एक सय १५.२ मिलिलिटर वर्षा भएको छ। सिमरामा तीन सय ११ मिलिलिटर वर्षा भएको हो। ओखलढुंगामा पनि भारी वर्षा भएको छ। यहाँ एक सय एक मिलिलिटर वर्षा भएको हो। धनकुटामा ७५.५ मिलिलिटर वर्षा भएको छ भने भैरहवामा ४३ मिलिलिटर वर्षा भएको हो। पोखरामा कम वर्षा भएको छ। यहाँ ४.७ मिलिलिटर वर्षा भयो। दीपायल, डडेलधुरा, धनगढीमा भने निकै कम वर्षा भएको विभागले जनाएको छ।

 

बिहीबार रातिदेखि देशैभर मुसलधारे वर्षा भइराखेको छ।

 

निरन्तरको वर्षाले तराईका विभिन्न जिल्लामा डुबान भएको छ भने पहाडमा ठाउँठाउँमा पहिरो खसेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version