काठमाडौँ: विहिबारदेखिको बर्षापछिको बितण्डाले देशभरमा शनिबार बिहान १० बजेको सरकारी तथ्याङ्क अनुसार हालसम्म २५ जनाको बाढी, पहिरो र अन्य दैवी प्रकोपका कारण मृत्यु भएको सरकारले जनाएको छ।

 

 

अहिले गृहमन्त्रालयमा विपद व्यवस्थापन कार्यकारी समितिको बैठक जारी छ। बैठक संघिय सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले बोलाएका हुन् । बैठकमा गृह, रक्षा, सामान्य प्रशासन, र अन्य सम्बन्धित मन्त्रलायका पदाधिकारीहरुको उपस्थिति रहेको, गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए।

 

 

हालसम्म देशभरमा धादिङ्गमा १, मकवानपुरमा २, काठमाडौँमा ३, ललितपुरमा ४, काभ्रेमा २, सिन्धुलीमा २, रामेछापमा १, पर्सामा १, बारामा १, रौतहटमा १, भोजुरमा २, खोटांगमा ३, ओखलढुंगा १, इलम र झापामा एक एक जनाको मृत्यु भएको छ।

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version