काठमाडौँ: देवः विकास बैंकले वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गरी आजदेखि विधिवत एकिकृत बैकिङ्ग कारोबार शुरु गरेको छ ।

 

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले एकिकृत बैकिङ्ग कारोबारको उद्घाटन गरेका हुन् ।

 

यही आषाढ १२ गते बसेको दुवै बैंकको वार्षिक साधारण सभाबाट १ः१ को स्वाप रेसियोमा प्राप्ति प्रक्रियालाई सर्वसम्मतीबाट पारित गरिएको हो ।

 

वेष्टर्न डेभलपमेन्ट बैंकलाई प्राप्ति संगै देवः विकास बैंकको चुक्ता पूँजी ३ अर्ब १८ करोड पुगेको छ, जुन विकास बैंकहरु मध्येमा सबैभन्दा बढी चुक्ता पूँजी भएको बैंक भएको बैंकका प्रमुख कार्यकारी अधिकृतविजय बहादुर श्रेष्ठले बताए ।

एकिकृत बैकिङ्ग कारोबार पश्चात् निक्षेप रकम २२ अर्व ९२ करोड र कर्जा २० अर्ब ४३ करोड पुगेको छ भने ७७ वटा शाखा सञ्जाल भएको छ ।

 

एनडिइपी डेभलपमेन्ट बैंक लि.ले चितवन, नवलपरासी र रुपन्देही कार्य क्षेत्र रहेको राइजिङ्ग डेभलपमेण्ट बैंक लि.सँग मर्जर गरे पश्चात् देवः विकास बैंक लि.को नामबाट मिति २०७२ आषाढ २५ गतेबाट एकिकृत कारोवार शुरु गरेको थियो ।

 

त्यसपछि राष्ट्रियस्तरको युनियन फाइनान्स लि. र कैलाली, कञ्चनपुर र डोटीमा कार्य क्षेत्र रहेको साझा विकास बैंक लि.लाई प्राप्ति गरी मिति २०७४ कार्तिक २३ गतेदेखि एकिकृत बैंकिङ्ग कारोवार गरेको थियो ।

 

कार्यक्रममा गभर्नर डा.नेपालले मर्जर वा प्राप्ति बैंक तथा बित्त संस्थाको क्षमता र फाइनान्सियल साक्षरता वृद्धि गर्न आजको आवश्यकता भएको बताए ।

 

मर्जरकै कारणले अहिले जत्रो आँधीहुरी आए पनि केही हुनेवाला छैन् भन्दै उनले मर्जरपछि प्रविधिका रुपमा, कर्जा विस्कारका रुपमा, सक्षमता, सुशासन हरेक चिजमा मजबुद भएर आएका बताए

 

उनले बैंक र वित्तीय संस्था जनताको सम्पतिलाई आफ्नो मनलाग्दी गर्न पाईदैन भन्दै संचालकहरुले नाफाको लागि आफ्नो व्यापार व्यवसाय गर्नुपर्ने बताए

 

“व्यक्तिको व्यापार व्यवसाय डुबे कसैले मतलब नगर्ला, बैंकबाट पैसा लिएको छ भने बैंकले जग्गा लिलाम गर्ला तर बैंक डुब्दा निर्दोश जनताको पैसा डुब्ने हुनाले त्यसलाई जोगाउनु पर्छ । यो हाम्रो कर्तव्य हो । बैंक तथा वित्तीय संस्था डुब्न नदिन नै संसारभर नियमन निकाय राखेको हो । सेन्ट्रल बैंक हुन्छ,” उनले भने ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version