काठमाडौँ: आर्थिक वर्ष २०७४/७५ मा कुल पुँजीगत बजेटको ७९ दशमलब ७४ प्रतिशत बजेट खर्च भएको छ ।

गत आर्थिक वर्षको कुल पुँजीगत खर्च बिनियोजनको ३ खर्ब ३५ अर्ब मध्ये २ खर्ब ६७ अर्ब खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

यता चालू खर्च भने ८६ दशमलब ६५ प्रतिशत भएको छ । चालू खर्च तर्फको बजेट बिनियोजनको ६ खर्ब ९६ अर्ब खर्च भएको छ । सरकारले गत वर्ष चालू खर्च तर्फ ८ खर्ब ३५ अर्ब बिनियोजन गरेको थियो ।

सरकारले गत वर्ष लक्ष्य अनुरुप राजस्व संकलन गएको छ । गत आर्थिक वर्ष लक्ष्यको १०० दशमलब १८ प्रतिशत राजस्व संकलन गएको छ । सरकारको ७ खर्ब ३० अर्ब राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा  ७ खर्ब ३१ अर्ब राजस्व संकलन गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version