काठमाडौँ: दुई चार दिन रस्साकस्सीपछि अन्ततः नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद शुक्रबारदेखि नियमित काममा फर्केछन् ।
उनी सर्वोच्च अदालतबाट पुनर्बहाली आदेश पाएको भोलिपल्टै कार्यालय पुगेका त थिए तर बोर्डका अध्यक्ष लक्ष्मण न्यौपाने लगायतकका टोलीले नियमति हाजिर गर्नबाट बन्चित गरौँदै आएका थिए ।
साउद बिहान कार्यालय समयमा पुगेर आफ्नो नियमित हाजिर गरेका हुन् । अदालतको अवहेलना मुद्दा लाग्ने भएपछि सञ्चालक समिति अध्यक्ष लक्ष्मण न्यौपाने पछि हटेका छन् । अर्थ मन्त्रालयबाट काजमा खटिएका रमेश अर्याल मन्त्रालय नै फिर्ता भएका छन् ।
साउदले अर्थ मन्त्रालयबाट काजमा खटाइएका रमेश अर्याल र आफूबीच कुनै नराम्रो सम्बन्ध नरहेको बताए । नेप्से सञ्चालक समिति अध्यक्ष लक्ष्मण न्यौपानेले आफूलाई अर्थ मन्त्रालयसँग समन्वय गरेर हाजिर गराउने बारेमा जानकारी गराउने बताएकाले आफूले केही दिन कुरेको पनि साउदले जानकारी गराए ।
