काठमाडौँ: कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इञ्जिनियर १५ लाख घूससहित पक्राउ परेका छन्।

 

शनिबार बर्दियाको गेरुवा गाउँपालिकाबाट गाडीमा सवार इञ्जिनियरहरू कमल सिटौला, विश्वेश्वरप्रसाद शाह र हरीप्रसाद चौधरी र चालक टंकप्रसाद ओझालाई अख्यितारको टोलीले नियन्त्रणमा लिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए।

 

‘उनीहरूलाई घूससहित पक्राउ गरिएको हो’, उनले भने, ‘ विकास निर्माण भुक्तानीको विषयमा घूस लिएको भन्ने बुझिएको छ, अनुसन्धान हुँदैछ।’

 

पक्राउ परेकामाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version