काठमाडौंः एनएमबी क्यापिटलले प्रबर्द्धन गरेको ‘एमएनबी ५०’ ले अर्को सातादेखि आवेदन खोल्दै छ ।
आउने १३ गतेबाट इकाई निष्कासन गर्ने संस्थाले जनाएको छ। ‘एमएनबी ५०’ ले एक अर्ब २० करोड रुपैयाँको इकाइ निष्काशन गर्ने भएको हो। यो भनेको १० करोड २० लाख इकाइ हो।
कम्पनीका इकाइ साउन १६ गतेसम्म खरीद गर्न पाइन्छ। त्यतिन्जेल निष्काशन अनुसार माग नआए कम्पनीले भदौ १० गतेसम्म बिक्रीमा राख्ने छ।
एनएमबी क्यापिटलको यो बन्दमूखि इकाइ हो। सर्वसाधारणले प्रति इकाइ १० रुपैयाँमा कम्तीमा १०० इकाइका लागि आवेदन दिन पाउँछन । यसको अवधि सात बर्षको हुने छ।
हाल एनएमबी हाइब्रिड फण्ड र एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड सञ्चालन गरिरहेको छ।
