काठमाडौं: काठमाडौँ प्रहरीले हिजो साँझ विहिबार राजधानीको एक गेस्ट हाउसबाट करिव १ लाख ५० हजार रुपैयाँ बराबरको सुनको गरगहनासहित एक जनालाई पक्राउ गरेको छ ।
सुराकीको आधारमा प्रहरीले काठमाडौं महानगरपालिका–१६ नयाँबसपार्कस्थित कमल गेष्ट हाउसमा रहेका सुनसरी धरान नगरपालिका–१ घर भएका २४ वर्षीय आशिष श्रेष्ठलाई खानतलासी गर्दा उनको साथ्बाट सो रकम बराबरको सुन भेटिएको प्रहरीले जनएको छ ।
महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत बालाजुबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
चोरी
यस्तै, काठमाडौं महानगरपालिका–३२ खहरेचोक डेरा गरी बस्ने उदयपुर घर भएका कर्ण अधिकारीको कोठाबाट ल्यापटप, नगद तथा सुनका बिभिन्न गरगहना गरी करीव २ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार चोरी भएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका–२६ रेडन पुल नजिक बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–४ घर भएका बिनोदकुमार खड्काको कोठाबाट करीव ४ लाख ४८ हजार रुपैयाँ बराबरको सुनका बिभिन्न गहनाहरु बिहीबार चोरी भएको छ ।
फरार चोरहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
