पाँचथर : पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ ।

स्थानीय अर्जुन रिजालका अनुसार आज बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको पूरै छत खसेर किच्दा स्थानीय जगतबहादुर राई र रुद्र राईको चेपिएर मृत्यु भएको हो ।

 

घटनास्थल पुगेको प्रहरी टोलीले स्थानीयको सहयोगमा शव बाहिर निकालेको हो ।

 

प्रहरी निरीक्षक अनिलकुमार पौडेलका अनुसार ढलान गरिएको छत राम्रोसँग नअडिएका कारण सटिङ खुस्काउने क्रममा पूरै छत खसेर किच्दा उनीहरुको मृत्यु भएको हो ।

 

उक्त स्थानमा निर्माण गर्न लागिएको यलम्बर पार्कमा निर्माणाधीन मन्दिरको छत २० दिनअघि नै ढलान गरिएको भए पनि राम्रोसँग नअडिएको पाइएको उनको भनाइ छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version