काठमाडौँ: आइसीसी टि-२० विश्वकप क्रिकेटको एसिया फाइनल छनोट प्रतियोगिता आजबाट सिंगापुरमा शुरु भएको छ।
आज भएको पहिलो खेलमा सिंगापुरले कतारलाई ३३ रनले हराएको छ । पहिले व्याटि गरेको सिंगापुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनायो ।
१८७ रनको लक्ष्य पाएको कतारले २० ओभरमा ९ विकेट खर्चेर मात्रै १५३ रन मात्रै जोडन सक्यो ।
यो जीतसंगैं सिंगापुरले आफनो खातामा २ अंक पाएको छ ।
प्रतियोगितामा नेपालले भोलि मंगलबार कतारसंग, बुधबार मलेसियासंग, २७ जुलाईमा कुवेत संग र २८ जुलाईमा सिंगापुरसंग खेल्ने छ।
प्रतियोगिताको शिर्ष स्थानमा रहने टीम युएईमा हुने आइसीसी ग्लोबल टि-ट्वेन्टी क्वालिफायरमा छनोट हुनेछ जसमा १४ टीम सहभागी
हुनेछन जसबाट शिर्ष ६ टोलिले सन् २०२० मा अस्ट्रेलियामा हुने आइसीसी टि-ट्वेन्टी विश्वकप क्रिकेट खेल्न पाउनेछन्।
