काठमाडौं : माछापुच्छ्रे र एनआईसी एसिया बैंकले आजदेखि ऋणपत्र जारी गरेका छन्।

 

माछापुच्छ्रेले ३ अर्ब रूपैयाँ बराबरको र एनआईसी एशिया बैंकले साढे ४ अर्ब रूपैयाँ बराबरको ऋणपत्र जारी गरेका हुन्।

 

माछापुच्छ्रे बैंकले प्रतिइकाई एक हजार रूपैयाँका दरले कूल ३० लाख इकाई अर्थात ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र गरेको छ ।
यसले धितोपत्र बोर्डबाट असार ४ गते ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो ।

 

कुल निष्काशित ३० लाख इकाईमध्ये सामूहिक लगानी कोषकालाई छुट्टाइएको ६० हजार सहित १२ लाख इकाई अर्थात एक अर्ब २० करोड रूपैयाँ बराबरको सर्वसाधारणका लागि खुला छ भने बाँकी १८ लाख अर्थात एक अर्ब ८० करोड बराबरको ऋणपत्र भने बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ।

 

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ११ लाख ७० हजार कित्ताका लागि आवेदन गर्न सक्नेछन्। बैंकको ऋणपत्र निष्काशन छिटोमा साउन ९ गते निष्काशन बन्द हुनेछ ।

 

बैंकले निष्काशनमा ल्याएको ७ वर्षे अवधिको ‘१०।२५ प्रतिशत माछापुच्छ्रे बैंक डिबेन्चर २०८५’ मा वार्षिक १०।२५ प्रतिशत ब्याजदर अर्धवार्षिक रूपमा दश वर्षसम्म निरन्तर भुक्तानी हुनेछ।

 

बैंकको ऋणपत्रलाई इक्रा नेपालले ‘एलए माइनस रेटिङ्ग दिएको छ । यसले पर्याप्त कर्जा सुरक्षा रहेको जनाउँछ। बैंकको ऋणपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ।

 

यसैगरी एनआईसी एशिया बैंकले पनि आज सोमबारबाटै एक हजार रूपैयाँ अंकित दरका ४ अर्ब ४० करोड रूपैयाँ बराबरको ४४ लाख कित्ता ऋणपत्र जारी गरेको छ।

 

निष्काशनमध्ये ६० प्रतिशतले हुन आउने २ अर्ब ६४ करोड रूपैयाँ बराबरको व्यक्तिगत तवरबाट बिक्री गर्ने छ भने ४० प्रतिशतले हुन आउने १ अर्ब ७६ करोड रूपैयाँ बराबरको सर्वसाधारणका लागि बिक्री खुल्ला गरिने छ।

 

सात वर्षको अवधिमा परिपक्व हुने “एनआई सी एशिया ऋणपत्र २०८३र०८४” ऋणपत्रमा वार्षिक १०।२५ प्रतिशत व्याजदर पाइने छ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने बैंकले जनाएको छ ।

 

बैंकले निष्काशन गर्ने ऋणपत्रलाई केयर रेटिङ्गस् नेपालले लो क्रेडिट रिक्स जनाउने ुकेयर एनपि एु सिङ्गल ए ग्रेडिङ्ग प्रदान गरेको छ। उक्त क्रेडिट रेटिङ्ग प्राप्त संस्थालाई समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता भएको तथा कर्जा जोखिम न्यून रहेको संस्थाको रूपमा लिइन्छ।

 

बैंकले ऋणपत्र निष्काशनको लागि सानिमा क्यापिटल मार्केटलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ।
ऋणपत्र छिटोमा साउन ९ गते निष्काशन बन्द हुनेछ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version