काठमाडौं ः बजारमा फेरि अर्को सामुहिक लगानी कोष आउने भएको छ । सिद्धार्थ क्यापिटलले ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २’ को १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४ करोड इकाई बिक्री गर्ने भएको छ ।

 

यसमध्ये १५ प्रतिशत अर्थात २ करोड १० लाख इकाई बिज पुँजी वापत कोष प्रवद्र्धक सिद्धार्थ बैंकलाई छुट्याइएको छ ।

 

बाँकी ११ करोड ९० लाख इकाई सार्वजनिक रुपमा बिक्रीका लागि खुला गर्न लागिएको हो ।

यसमा साउन २३ देखि साउन २७ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयसम्म सबै इकाई बिक्री नभएमा भदौ २० गतेसम्म खुला रहने सिद्धार्थ क्यापिटलले जनाएको छ ।

 

सिद्धार्थ म्युचुअल फन्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड ४० लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।

 

यस योजनामा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन पाइनेछ ।

लगानीकर्ताले सी–आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो चौथो म्युचुअल फन्ड हो । अहिले सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीम सञ्चालनमा रहेको छ ।

 

सिद्धार्थ इक्विटी फन्ड हिजो सोमबार अर्थात साउन ६ गते परिपक्क भएको छ । यसअघि सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम पनि परिपक्क भई खारेज समेत भइसकेको छ । ‘सिद्धार्थ म्युचुअल फन्डको बिक्री प्रबन्धकको काम पनि सिद्धार्थ क्यापिटलले गर्नेछ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version