लन्डन : बेलायतको युरोपेली युनियन पक्षधर विपक्षी दल लिबरल डेमोक्र्याटिक पार्टीको नेतामा पहिलो पटक महिला नेत्री चुनिएका छन ।

 

ब्रेक्जिट बिरोधी यस ३१ वर्ष पुरानो पार्टीमा महिला नेतृ जो स्वीनसन निर्वाचित हुनुभएको छ ।

 

युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) लाई कुनै पनि हालतमा पारित हुन नदिनु उहाँको पहिलो चुनौती रहेको छ ।

 

बेलायत आगामी अक्टोबर ३१ मा युरोपेली युनियनबाट अलग्ग हुँदैछ । तर ब्रेक्जिटका जटिलता अद्यापी छन् ।

 

यसबीच, युरोपेली संसदको नयाँ निर्वाचन भएको छ भने युरोपेली युनियनमा नयाँ पदाधिकारीहरु निर्वाचित भएका छन् । अर्कातर्फ बेलायतमै प्रधानमन्त्री थेरेसा मेले ब्रेक्जिटमा सहमति जुटाउन नसकेको भन्दै प्रधानमन्त्री पदबाट राजीनामा दिइसक्नु भएको छ ।

 

उहाँको स्थानमा ब्रेक्जिट पक्षधर कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि नेताद्वय बोरिस जोन्सन र जेरेमी हन्ट पार्टी चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

 

पार्टीको यस चुनावको नतिजा मंगलबार नै सार्वजनिक हुनेछ र दुबैमध्ये एक जना प्रधानमन्त्री बन्नुहुनेछ ।

 

लेबरल डेमोक्र्याटिक पार्टीको चुनावमा नेतृ स्वीनसनले एड ड्याभीलाई पराजित गर्नुभएको थियो । स्वीनसनले ४७ हजार ९९७ मत प्राप्त गर्नुभएको थियो भने ड्याभीले २८ हजार २१ मत प्राप्त गर्नुभएको थियो ।

 

स्वीनसनले पार्टीका निवर्तमान अध्यक्ष भिन्स केबलको उपप्रमुखका रुपमा दुई वर्षदेखि जिम्मेवारी सम्हाल्नु भएको थियो ।

 

पार्टी नेतृत्वमा चुनिएलगत्तै स्वीनसनले बोरिस जोन्सनको नेतृत्व असफल हुने दाबी गर्नुभयो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version