बेइजिङ: चीनको राष्ट्रिय जन काङ्ग्रेस (एनपीसी) स्थायी समितिका पूर्व प्रमुख तथा पूर्व प्रधानमन्त्री ली फङ को निधन भएको छ । उहाँ ९० बर्षको हुनुहुन्थ्यो ।

 

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति, चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समिति, चीनको राज्य परिषद, चीनको जनराजनीतिक परामर्शदात्री सम्मेलनले मङ्गलबार एक विज्ञप्ति जारी गरी राज्य परिषदका पूर्व प्रधानमन्त्री ली को मृत्यु भएको जानकारी गराइएको हो ।

 

उहाँको सोमबार राति ११ बजेर ११ मिनेट जाँदा बेइजिङमा बुढ्यौलीसम्बन्धी रोगका कारण निधन भएको उल्लेख गरिएको छ ।

 

उहाँलाई चिनियाँ कम्युनिष्ट पार्टीको वरिष्ठ सदस्य, वफादार कम्युनिष्ट योद्धा, वरिष्ठ सर्वहारा क्रान्तिकारी, राजनीतिज्ञ, पार्टी र देशका वरिष्ठ नेताका रूपमा चीनको विकासका लागि योगदान गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

 

लीले चिनियाँ कम्युनिष्ट पार्टीको बाह्रौँ केन्द्रिय राजनीतिक व्यूरोका सदस्य एवम् केन्द्रिय सचिवालयका सचिव, तेहौँ, चौधौँ र पन्ध्रौँ केन्द्रीय राजनीतिक व्यूरोका स्थायी सदस्य, राज्य परिषद्का पूर्व प्रधानमन्त्री, नवौँ राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका अध्यक्ष बनी गरेको योगदानको चिनियाँहरूले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत प्रसंशा गरेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version