काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक ५.९४ अंकले बढेर १२७७.१७ अंकमा उक्लिएको हो। कारोबार रकम ३६ करोड ८९ लाख रुपैयाँमा उक्लिएको छ।

 

आजको कारोवारमा १६९ कम्पनीका १४ लाख ४४ हजार कित्ता शेयर ३६ करोड ८९ लाख रुपैयाँमा कारोबार भयो। सबैभन्दा बढि कृषि बिकास बैंकको चार करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भयो। कारोबार रकमकै आधारमा नेपाल बैक दोस्रो भएको छ। तीन करोड ३६ लाख रुपैयाँको शेयर कारोबार गर्दै नेपाल बैक दोस्रो भएको हो।

 

उपसूचक मिस्रित देखिएको छ। ११ समूहको कारोबारमा सात समूहको उपसूचक बढेको छ भने चार समूहको उपसूचक घटेको छ। सबैभन्दा बढि बीमा समूहमा १.९१ प्रतिशतले बढोत्तरी देखिएको छ। जलबिद्युत क्षेत्रमा ०.२३ प्रतिशतको गिरावट देखिएको छ।

 

मंगलबार लघुबित्तका समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ। सबैभन्दा धेरै कमाउने १० कम्पनीको सूचीमा पाँच कम्पनी लघुबित्तका परेका छन्। महिला सहयात्रा माइक्रो फाइनान्सको करिब आठ प्रतिशत मूल्य बढेको छ भने स्वदेशी लघुबित्तका शेयरधीले करिब आठ प्रतिशतनै कमाए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version