काठमाडौं : नेपाल राष्ट्र बैंकले आज अपरान्ह चालु आर्थिक वर्ष २०७६।७७ को नयाँ मौद्रिक नीति सार्वजनिक गर्दैछ ।
केन्द्रीय बैंकले र्याडिसन होटल, लाजिम्पाटमा अपराह्न ४ बजे चालु आर्थिक वर्ष २०७६र०७७ को लागि नीति सार्वजनिक गर्न लागेको हो।
निर्धारित मितिभन्दा १२ दिन पछि आज मौद्रिक नीति सार्वजनिक हुन लागेको हो ।
बुधबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीतिको मस्यौदा छलफल गरि मौद्रिक नीति पारित गरेपछि अपराह्न सार्वजनिक हुने पक्का भएको हो।
यसअघि राष्ट्र बैंकले असार २७ गते मौद्रिक नीति सार्वजनिक गर्ने बताएको थियो। तर विग मर्जर तथा अन्य एजेण्डाहरुमा सञ्चालक समितिका सदस्यहरुबीच नै सहमति हुन नसक्दा मौद्रीक नीति आउन ढिलाइ हुँदै आएको थियो ।
बाणिज्य-बाणिज्य बैंक मर्जरमा गए दुई बर्षसम्म ब्याजको स्प्रेड पाँच प्रतिशतसम्म कायम गर्न सकिने नीति ल्याउन लागिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ। स्रोतहरुका अनुसार प्रमुख कार्यकारी, डेपुटी प्रमुख कार्यकारी र सञ्चालकहरुको कुलिङ पिरियडमा छुट दिइने छ।
राष्छ्र बैंकले एक बर्षभित्र मर्जरमा जाने बैंकहरुलाई मात्र यो सुविधा उपलब्ध गराउने छन्। नरम भाषामा बिग मर्जरको बिषय उठान गरिए पनि भोलिबाटै प्रतिबद्धता ब्यक्त गरेका बैंकहरुसँग ‘फलोअप’ सुरु हुने छ।
राष्ट्र बैंकले साढे ८ प्रतिशतको आर्थिक बृद्धिलाई सहयोग पुर्याउने गरी कर्जा नीति अख्तियार गर्ने छ।
बजेटमा निर्धारण गरिएको साढे आठ प्रतिशत आर्थिक वृद्धि, बाह्य क्षेत्र, मूल्यवृद्धि, शोधनान्तर घाटा, मर्जरलाई प्रोत्साहन, र अनुत्पादक क्षेत्रमा प्रवाह गरिने कर्जामा कडाई लगायतका विषयवस्तु समेटिने आंकलन गरिएको छ ।
यस्तै ब्याजदर, स्प्रेड, प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा, कर्जा पूँजी निक्षेप अनुपात (सीसीडी), र मर्जरमा जाने बैंकलार्ई दिन सकिने छुटको विषयमा पनि मौद्रिक नीतिले सम्बोधन गर्ने बताइएको छ।
