काठमाडौं : लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालको हकप्रद सेयर भर्नका लागि सेयरधनीको सुचीमा आफनो नाम दर्ता गर्ने आज अन्तिम दिन हो ।

साउन २४ गते वार्षिक साधारण सभा बोलाएको एलआइसीले सभा गर्न साउन ९ गते बिहीबारदेखि २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

आज साउन ८ गते बुधबारसम्म कायम सेयरधनीले मात्र प्रस्तावित ७० प्रतिशत लाभांश पाउनेछन् ।

कम्पनीको प्रस्तावित ३४।४६ प्रतिशत बोनस सेयरपछि चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ पुग्नेछ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version